सोमबार, आषाढ ०१, २०७७ || 639  पटक पढिएको

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूत रहेनन् । पछिल्लो ६ महिनादेखि उनी डि’प्रेशनमा भएको पनि बताइन्छ ।

सुशान्तको मृ’त्युको खबर सार्वजनिक हुने बित्तिकै सोसल मिडियामा प्रशंसकले आफ्नो निराशा व्यक्त गरेका छन् । सानो पर्दाबाट करियरको सुरुवात गर्ने सुशान्तका थुप्रै सपना थिए । यहि सपनाले सुशान्तलाई फिल्ममा पनि ल्यायो ।

सुशान्तले धोनी, काए पो छे, पीके, केदारनाथ, छिछोरेजस्ता थुप्रै फिल्ममा काम गरेका थिए ।

फिल्मसँग जोडिएको सुशान्तको सपना क्रमशः पूरा भइरहेका थिए तर केहि यस्ता सपना थिए जुन अब कहिले पनि पूरा हुन सक्दैनन् ।

सुशान्तले आफ्ना यी सपनाबारे ट्वीटरमा लेखेका छन् ।

सुशान्त सिंह राजपूतले १४ सेप्टेम्बर सन् २०१९ मा आफ्नो सपनाको पहिलो पानामा लेखेका थिए । उक्त पहिलो पानाको शीर्षक थियो ‘मेरा ५० सपना र गन्ती सुरु ! १२३…’

सुशान्तले सपनाको सूची भएको पानामा आफूले हवाई जहाज उडाउन सिक्न चाहेको बताए । दोस्रो सपना थियो आयरनम्यान ट्राएथलोनका लागि तयारी गर्नु ।

यो एक प्रकारको एक दिवसीय प्रतियोगिता हो जसमा प्रतियोगीले स्विमिङ, साइक्लिङ र लामो दौड पूरा गर्नुपर्छ । जित्ने व्यक्तिलाई आइरनम्यानको उपाधि दिइन्छ ।

तेस्रो सपना भारतीय क्रिकेट टीमका पूर्व कप्तान, विकेटकिपर र दायाँ हातले बलिङ गर्ने महेन्द्र सिंह धोनीको भूमिका निभाउने सुशान्त सिंह राजपूत बायाँ हातलले क्रिकेट म्याच खेल्न चाहन्थे ।

चौथो सपना थियो मोर्स कोड सिक्नु । बलिउड अभिनेता सुशान्तका पाँचौं सपना बालबालिकालाई अन्तरिक्षबारे सिक्न मद्दत गर्नु थियो । क्रिकेटका च्याम्पियनको भूमिका निभाउने सुशान्त टेनिसका च्याम्पियनसँग खेल खेल्न चाहन्थे र यही नै उनको छैटौं सपना थियोे ।

फिटनेससँग जोडिएको एउटा वर्कआउट उनको सातौं सपना थियो । फोर क्ल्याप पुशअप्स गर्नु उनको सातौं सपना थियो ।पहिलो पानाका सात सपना त पूरा भए तर सपना त अझै थुप्रै बाँकी थिए ।

आठौं सपना । एक हप्तासम्म चन्द्रमा, मंगल, वृहस्पति र शनि ग्रहलाई उनीहरुको कक्षमा घुम्दै अवलोकन गर्नु ।ब्लू होलमा गोताखोरी गर्नु सुशान्तको यो दोस्रो पानाको दोसो र सूचीको नवौं सपना थियो ।

दसौं सपना थियो डबल स्लिट एक्सपेरिमेन्टलाई एक पटक गरेर हेर्ने । यो प्रकाशको तरंगको गुणलाई बुझ्ने एक प्रयोग हो ।सुशान्त हजार रुख रोप्न चाहन्थे त्यो उनको ११ औं सपना थियो ।

सुशान्तले इन्जिनियरिङको पढाई गरेपछि आफ्नो सपना पूरा गर्नका लागि अभिनयतर्फ आकिर्षत भए । डेल्ही कलेज अफ इन्जिनियरिङको होस्टलमा एक साँझ बिताउनु उनको १२ औं सपना थियो ,

सुशान्तको अन्तरिक्षको प्रेमको नमूना उनको १३ औं सपनामा पनि देख्न पाइन्छ । उनी सय बालबालिकालाई नासा वर्कशपमा पठाउन चाहन्थे ।१४ औं सपना सायद उनले फिल्म केदारनाथको क्रममा बुनेका होलान् । उनी कैलाशमा ध्यान गर्न चाहन्थे ।

च्याम्पियनसँग पोकर खेल्नु
किताब लेख्नु
सर्नको ल्याब हेर्न जानु
ध्रुवीय प्रकाशलाई हेर्दै पेन्ट गर्नु
नासाको अर्को एउटा वर्कशपमा सहभागी हुनु

६ महिनाभित्र सिक्स प्याक एब्स बनाउनु
सेनोटेसमा स्विमिङ गर्नु
दृष्टिविहिनलाई कोडिङ सिकाउनु

जंगलमा एक हप्ता बिताउनु
वैदिक ज्यातिषशास्त्र बुझ्नु
डिज्नील्याण्ड हेर्नु
चौथो पाना र केही थप सपना.. (२६–३४)

लीगको ल्याब हेर्न जानु
एउटा घोडा पाल्नु
१० प्रकारको डान्स फर्म सिक्नु
निःशुल्क शिक्षाका लागि काम गर्नु

एन्ड्रोमेडा ग्यालेक्सीलाई एउटा विशाल टेलिस्कोपले हेर्नु र त्यसको अध्ययन गर्नु
क्रिया योग सिक्नु

अन्टार्कटिका घुम्न जानु
महिलालाई स्वरक्षाको तालिममा मद्दत गर्नु
एक सक्रिय ज्वालामुखीलाई क्यामरामा कैद गर्नु

चौथो पानामा सुशान्तका अन्य सपनाबारे वर्णन गरिएको छ….
३५ औं सपनामा उनी खेती सिक्न चाहन्थे

उनी बालबालिकालाई नृत्य सिकाउन चाहन्थे
सुशान्त आफ्नो दुबै हातले एक समानको धनुविद्याको ज्ञान हासिल गर्न चाहन्थे । यो उनको ३७ औं सपना थियो ।
सुशान्त रेसनिक–होलिडेको चर्चित किताब पूरा पढ्न चाहन्थे । यो उनको ३८ औं सपना थियो ।

उनी पोलिनेसियन एस्ट्रोनोमी पनि बुझ्न चाहन्थे, यो उनको ३९ औं सपना थियो ।
आफ्नो चर्चित ५० गीतमा गिटार बजाउन सिक्नु उनको ४० औं सपना थियो ,

च्याम्पियनसँग चेस खेल्नु उनको ४१ औं सपना थियो ।
ल्याम्बर्गिनी खरिद गर्न चाहन्थे र यो उनको ४२ औं सपना ।
अन्तिम पानामा उनको सपना यस्तो प्रकारको छ…

पियनाको सेन्ट स्टिफन क्याथेड्रल जानु उनको ४३ औं सपना थियो ।
भिजिबल साउन्ड र भाइब्रेशनको प्रयोग गर्नु उनको ४४ औं सपना थियो ।

इन्डियन डिफेन्स फोर्सेसका लागि बच्चा तयार गर्नु उनकमो ४५ औं सपना थियो ।
सुशान्त स्वामी विवेकानन्दमाथि बनेको एउटा डकुमेन्ट्री बनाउन चाहन्थे ।

सर्फ बोर्डमा लहरसँग खेल्नु उनको अर्को सपना थियो ।
४८ औं सपना थियो, आर्टिफिशियल इन्टेलिजेन्समाथि काम गर्नु ।

ब्राजिलको डान्स र मार्शल आर्ट फर्म सिक्नु सुशान्तको ४९ औं सपना थियो ,
अन्तिम सपना थियो, रेलमा बसेर पूरा युरोप घुम्नु

सुशान्तले सपना देखेनन् मात्रै, कति त पूरा पनि गरे ।
पहिलो सपना पूरा भयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!