बागलुङमा क्वारेन्टिनमा राख्न लैजान लागिएका एक युवकले भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । पर्वतको कुस्मा नगरपालिका ८ स्थित चुवामा गाडी रोकेको मौका पारेर बाग्लुङ नगरपालिका–१३ पैयूँपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेका हुन् ।

सडकबाट झन्डै ६० मिटर तल हाम फाल्दा गम्भीर घाइते उनलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । सुनौलीबाट उद्धार गरेर ल्याइएको गाडीमा चढेका नेपाली एक्कासी भीरबाट हामफालेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!