आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् ।उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो ।तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्– उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।
बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताउनुभएको छ ।
भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ ।-एएनआई

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!