सोमबार, आषाढ ०१, २०७७ || 650  पटक पढिएको

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले देशको केही स्थानमा छिटपुट बर्षा भइरहेको छ । गत शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा बर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै दिनभर देशका पश्चिमी भेगका तराई तथा उच्च पाहाडी क्षेत्रमा समेत मनसुन सक्रिय हुन सक्ने जनाइएको छ ।

देशभर पूर्णरुपमा मनसुन फैलिन एक साता लाग्ने जनाउँदै महाशाखाले प्रदेश नम्बर ६ का साथै गण्डकी प्रदेश र प्रदेश १ र २ का केही स्थानहरूमा वर्षा भइरहेको जनाएको छ।

दिउँसो प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहने समेत महाशाखाको अनुमान छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!