बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरे। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेका हुन। तर देहत्याग कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।

भारतीय समाचार माध्यामले जनाए अनुसार सुशान्त र उनका केहि साथीहरु घरमा संगै थिए उनि साथीहरुसंग बिदा भएर आफ्नो कोठामा चुक्कल लागेर सुतेको खुलेको छ । पछि साथीहरुले बोलाउंदा ढोका नखुलेपछि उनीहरुले झ्यालबाट हेर्दा झु ण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको यो खबरसंगै अहिले बलिउडमा एउटा छुट्टै सन्नाटा छाएको छ । यसै क्रममा पूर्वप्रेमिका अंकिता लोखण्डे उनको दु:खद खबर सुनेपछि निशब्द बनेकी छिन् । भातरीय मिडियाले अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’ भनेर फोन का’टिदिएको लेखेका छन् ।

उनीहरु दुवै टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’मा लामो समय काम गरेर चर्चित भएका थिए । यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत रहेका थिए । पछि सुशान्त बलिउड गएपछि उनीहरुहरु सम्बन्धमा ब्रेकअप भयो।

कुनै समयमा एक अर्काको गहिरो प्रेममा रहेका अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे ४ बर्ष अघि नै अलग भइसकेका छन् । अंकिता र सुशान्त ‘पवित्र रिश्ता’ टेलिसिरियलमा पति–पत्नीको भूमिका निर्वाह गर्नेताका दुवै एक अर्काको प्रेममा थिए ।

तर यी दुवैको लामो पे्रम सम्बन्ध सुशान्त बलिउडको ठूलो पर्दामा स्थापित भएसँगै समाप्त हुन पुग्यो । यसरी सम्बन्ध तोड्दा अनेकौं खबरहरु आएपनि दुवैले यसबारे कुनैपनि प्रतिक्रिया जनाएका थिएनन्।

सुशान्त बलिउड फिल्ममा एकपछि अर्को सफलता हासिल गर्दै गए। अंकितले पछि बलिउडमा डेब्यू गरेपछि र प्रेम सम्बन्धबारे एक अन्तरवार्ताका क्रममा खुलेर बोलेकी थिइन् । अंकिताले ब्रेकअपले उनको करियरमा कुनै अ-सर नपरेको तर त्यसबेला काम र प्रेमलाई एकसाथ सम्हाल्न नसकेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!