बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आफ्नै घरमा आ त्म हत्या गरे। ३४ वर्षीय राजपुतले फिल्म ‘काइ पो चे’ बाट बलिउडमा डेब्यु गरेका थिए।

सन् २००८ मा स्टारप्लसको ‘किस देशमे है मेरा दिल’ बाट टिभीमा डेब्यु गरेका उनले जिटिभीको ‘पवित्र रिश्ता’बाट निकै चर्चा पाएका थिए।

उनले ‘शुद्ध देशी रोमान्स’ मा काम गरे। सन् २०१५ मा ‘डिडेक्टिभ बोमकेश बक्षी’ मा देखिएका उनले सन् २०१६ मा भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको बायोपिकमा मुख्य भूमिका निर्वाह गरे।

‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ का लागि उनले उनी ‘फिल्म फेयर अवार्ड फर बेस्ट एक्टर’ मा पनि मनोनित भए। यसबीच उनी ‘रब्ता’, ‘केदारनाथ’, ‘सोनचिरिया’, ‘ड्राइभ’ देखिए।

सन् २०१९ मा रिलिज उनको फिल्म ‘छिछोरे’ पनि व्यवसायिक रूपमा सफल भयो। यही वर्ष उनको फिल्म ‘दिल बेचारा’ पनि आउँदै थियो।

उनि अभिनित युट्युबमा हेर्न सकिने तीन वटा राम्रा फिल्म यस्ता छन्।

काइ पो चे (२०१३)

‘काइ पो चे’ चेतन भगतको चर्चित उपन्यास ‘थ्री मिस्टेक्स अफ माइ लाइफ’ मा आधारित फिल्म हो। यसमा तीन जना साथीको मित्रता र ‘प्यासन’को कथा देखाइएको छ।

सन् २००० आसपासको परिवेश समेट्ने यो फिल्ममा २००१ को भुइँचालोदेखि २००२ को गुजरातको धार्मिक जा तीय दं-गासम्मका सन्दर्भ जोडिएको छ।

एमएस धोनीः द अनटोल्ड स्टोरी (२०१६)

‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ उनै सफल क्रिकेटरको जीवनका महत्वपूर्ण घट ना समेटिएका छन्। धोनीको भूमिकामा सुशान्तको अभिनय छ।

२०११ मा श्रीलंकाविरुद्धको विश्वकप फाइनल खेलमा धोनीले युवराज सिंहलाई नपठाएर आफैं मैदानमा उत्रेका थिए। यो फिल्मको आरम्भ विश्वकप २०११ को त्यही सन्दर्भबाट हुन्छ। धोनीको खेल जीवन र निजी जीवनका कथालाई सँगसँगै देखाइएको यो फिल्मले त्यसपछि दर्शकलाई तीन दशकअघिको समयमा पुर्‍याउँछ।

छिछोरे (२०१९)

‘दंगल’ फिल्म बनाएका निर्देशक नितेश तिवारीको यो फिल्मले आधुनिक शिक्षा, व्यवसायिक परीक्षा र त्यसको परिणामले विद्यार्थी जीवनमा ल्याउने मा नसिक त-नावको चित्रण गरेको छ।

फिल्ममा सुशान्त कलेज पढ्ने युवा र छोराको बुवाको परिपक्व दुई फरक हुलियामा देखिएका छन्। संकोची र बो ल्ड दुवै खालको भूमिकामा सुशान्तले राम्रो अभिनय गरेका छन्।

व्यवसायिक र समीक्षक दुवैको नजरमा सकारात्मक प्रतिक्रिया बटुल्न सफल यो फिल्मले आ-त्मह-त्या दुरु-त्साहन गर्ने सन्देश बोकेको छ। तर विड-म्बना छोरालाई आशावादी बनाउने चरित्र निर्वाह गरेका उनै सुशान्तले आ-त्मह-त्याको बाटो रोजे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!