सोमबार, आषाढ ०१, २०७७ || 592  पटक पढिएको

धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महावका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल औषधि कम्पनी लिमिटेडको भवनमा स्थानान्तरण गरिए पनि मेसिन नसारिएपछि अलपत्र परेका हुन् ।

धरहरा निर्माणको क्रममा टक्सार कार्यालय रहेको भवन भत्काइएपछि सिक्का टङ्कन गर्ने करिब ७० वटा मेसिन छ महिनादेखि खुला आकाशमुनि छन् । करिब ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन अहिले असुरक्षित छन् ।

ती मेसिनको व्यवस्थापन हुन नसक्दा टक्सारले विगत लामो समयदेखि निष्कासन गर्दै आएका चलनचल्तीका सिक्का तथा तक्माहरू टङ्कन गर्ने काममा समेत अवरोध भएको छ । मेसिनहरूमध्ये अहिले ५० वटा सञ्चालन गर्न सक्ने अवस्थामा छन् भने बाँकीलाई मर्मतपछि मात्र सुचारु गर्न सकिने अवस्थामा छन् । बिग्रेका मेसिनको मर्मत गर्न पाँच करोड रुपियाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!