चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ ।
सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो ।

चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो । उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ’चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’मा उल्लेख छ ।

प्राप्त जानकारी अनुसार, सन् २०१९मा शिशु विद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । अनिवार्य शिक्षामा (छ वर्षको प्राथमिक तथा तीन वर्षको प्राथमिक विद्यालय) लगाइएको लगानी २२ खर्ब ७८ अर्ब रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि हो ।

उच्च प्राथमिक विद्यालय शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब पुगेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशतको वृद्धि हो ।
उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड रहेको र अघिल्लो वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!