आइतबार, जेठ ३२, २०७७ || 855  पटक पढिएको

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नंं ८ सोती गाउँमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएको भन्दै आज रुकुम जिल्ला अदालतमा ३४ जनामाथि अभियोग दायर गरिएको छ ।

आरोपी ३३ जनालाई कर्तव्यज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगार्ईएको छ भने,बाँकी १ जनालाई मतियार ठहर्याइएको छ ।

कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लाग्नेमा फरार ५ जनासहित वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल,तुलबहादुर मल्ल,प्रेमबहादुर ठकुरी,वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोश मल्ल, महोन पुन मगर, रमेश बहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, ईन्द्रबहादुर मल्ल, दिपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, धनराज राना, रमित पुन, नविन घर्ती, विराज पुन, भिम पुन, घमण्ड मल्ल, विष्णु मल्ल, सर्वजित भनिने सविन पुन र १७ बर्षिया एक किशोरी रहेका छन् । एकजना जाजरकोटका ईन्द्रबहादुर मल्ललाई भने मतियारको अभियोग लागेको रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए ।

घटना घटेको २३ दिनपछि जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले आईतबार रुकुम जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।

पीडितले गत जेठ १३ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमार्फत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा २० जनाको नाममा जाहेरी दिएका थिए । बाँकी ९ जनालाई भने प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको थियो । आरोपी अन्य ५ जना भने फरार छन् । फरारको खोजी भैरहेको प्रहरीले बताएको छ ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । जन आस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!