रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या योजनाबद्ध रुपमा बाटोमा छेकेर भएको प्रहरीको निष्कर्ष छ । पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानको आधारमा निष्कर्ष निकालिएको प्रहरीको भनाइ छ ।

आइतबार प्रहरीले निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

त्यसमध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ । २९ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको रुकुम प्रहरीको भनाइ छ ।

मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेको छ ।

यसमा प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाइलगायतलाई प्रतिवादी बनाएको छ । चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ ।

गत जेठ १० मा जाजरकोटको भेरी नगरपालिकाका नवराज १८ जनासहित प्रेमिका लिन चौरजहारी गएका थिए । सोही बेला केटी पक्षसँग झडप भएको थियो ।

झडपको क्रममा भेरी नगरपालिका–११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो ।

घटना १० जेठमा घटे पनि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!