आइतबार, जेठ ३२, २०७७ || 980  पटक पढिएको

यहाँ क्‍वारेन्टाइनमा बसेकी महिलालाई स्वयमसेवकका रुपमा खटिएकाले नै सामूहिक बलात्कार गरेको खुलेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-१ मा रहेको सहिद स्मृती माविको क्‍वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलालाई त्यहाँ स्वयमसेवककैरुपमा खटिएकाहरुले बलात्कार गरेको आरोप लागेको हो। पीडित महिलाले क्‍वारेन्टाइनमा स्वयमसेवकको रुपमा राखिएका ३ जनाले आफूलाई बलात्कार गरेको आरोप लागेको लगाएकी छिन्। क्‍वारेन्टाइनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका स्थानीयबासीले घटना लुकाउन खोजिएको आरोपसहित वडा नम्बर १ को कार्यालयमा तोडफोड गरेका छन्। स्थानीयबासी विरोधमा उत्रिएपछि दबाबमा परेको प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले जाहेरी नपरे पनि घटनामा संलग्‍न भएको आशंकमा तीनजनालाई पक्राउ गरिएको जनाएको छ। क्‍वारेन्टाइनमा प्रहरी पठाइएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कार्कीले घटनास्थलमा टोली पठाएर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। भारतबाट आएर १२ दिनदेखि क्‍वारेन्टाइनमा रहेकी उनलाई रातिको समयमा छिरेका युवाहरुले बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छन्। उनले आफूलाई स्वयमसेवकहरुले नै बलात्कार गरेको पनि बताएकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!