आइतबार, जेठ ३२, २०७७ || 2141  पटक पढिएको

पश्चिम नेपालको कुनै शहरको यौटा बिद्यालयमा दुइ भिन्न जातिका किशोर र किशोरी पढ्थे । पढ्ने क्रममा दुइ जना अत्यन्त नजिक भएछन् । तर त्यो उमेर ”आइलभ यू” भन्न जान्ने उमेर थिएन, आँट र साहस पनि थिएन र शायद अहिले जस्तो सजिलै भन्ने चलन पनि थिएन । प्रेम अहिले जस्तो सस्तो भैसकेको पनि त थिएन । एसएलसी सके पछि दुइ जना फरक फरक कलेजमा भर्ना भएछन , युबक ब्यबस्थापन र युवती बिज्ञान पढ्न थालेछन । तर पनि दुइजनाको केहि समय बिराएर भेट हुन्थ्यो, भेट्दा मुसुक्क हास्थे , तर ”आइलभ यू” भन्दैनथे । युबक को मनमा युवती प्रति अगाध प्रेम थियो र उनलाई लाग्छ, युवती पनि उनलाई माया गर्थिन ।
केहि वर्ष पछि युबक त्यहि शहरको कुनै बैंकमा जागिर गर्न थाल्छन भने युवती डाक्टरी पढ्न थाल्छिन , देखा देख पातलिंदै जान्छ । तर अकस्मात युवती युबककै बैंकमा खाता खोल्न पुग्छिन र त्यहि बहानामा भेट घाट भैरहन्छ । तर फेरि पनि प्रेमको बारेमा कसैले मुख खोल्दैन ।
युवकको बिहे गर्ने बेला हुन्छ । युबक आफ्ना अभिभाबकसंग ”त्यहि केटी मात्रै संग बिहे गर्छु ” भन्छन । अभिभाबक भन्छन ,” तिम्रो प्रेम छ भने तिमीहरु कुरा गर । कुरा मिल्यो भने हामी उसको अभिभाबकसंग कुरा गर्छौं, किन भने अन्तरजातीय भएकोले त्यत्तिकै माग्न जान गाह्रो हुन्छ । ।” युवकले युवतीलाई भेटेर प्रस्ताब गर्न सक्दैनन् ।
युवकका दाजु भाइ साथिहरुलाइ युवकको एकोहोरो प्रेम कहानी थाहा छ , त्यसैले भन्छन ” तँ भन मात्रै , हामी तेरो लागि त्यो केटीलाइ भगाई दिउँला।” तर युबक त्यो आँट गर्दैनन् र सहमति दिंदैनन ।
युवतीको पढाइ सकिन्छ, त्यहि शहरमा डाक्टर बनेर जागिर शुरु गर्छिन । र डाक्टर पढ्न धेरै समय लाग्ने हुँदा जागिर शुरु गरेको केहि महिनामा बिहे हुन्छ । त्यस पछि बाध्य भएर युवकले बिहे गर्छन ।
तर त्यो युवकको मनमा ती युवती प्रतिको सम्झना झन् झन् गाढा हुँदै जान्छ , बिर्सनै सक्दैनन् । उनलाई डिप्रेशन हुन्छ , यौटा प्रख्यात डाक्टरलाई देखाउन उनि अस्पताल जान्छन जहाँ त्यो डाक्टरको सहयोगी भएर सोहि युवती कार्यरत हुन्छिन । र उनैले औषधि दिन्छिन , तर सिधा युवकको मुखमा हेर्न सक्दिनन । पछि उनी आफ्नो नबबिबाहित श्रीमतीलाइ खुलेर आफ्नो प्रेम कहानी बताउञ्छन। उनलाई उनको श्रीमतीले दिएको अगाध प्रेम, साथ् र सहयोगले उनको समस्या ठिक हुँदै जान्छ ।
त्यसको केहि समय पछि ती डाक्टर युवती त्यो अस्पतालको जागिर छोडेर अर्कै शहरमा जान्छिन जहाँ उनको श्रीमान छन् । त्यसपछि उनीसंग भेट भएको छैन ।अहिले त दश बर्ष भैसक्यो भेट नभएको । तर उनको सम्झना पुरुषको मनमा भने अझै ताजै छ ।
मैले सोधे ,’ तपाइको प्रेम अधुरो हुनुमा दोषी को छ ?”
ती पुरुषले जबाफ दिए , शायद गल्ति मेरै हो , किन भने मैले नडराईकन प्रेम प्रस्ताब राख्नु पर्थ्यो । मैले प्रस्ताब राखेको भए उसले पक्कै नाईं भन्दैनथि होला ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!