आइतबार, जेठ ३२, २०७७ || 836  पटक पढिएको

बन्दाबन्दीको बेला जुवा खेल्ने झापाको कनकाई नगरपालिकाका सात युवा रु ७१ हजार नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा गलैँचा ओछ्याएर जुवा खेलिरहेका बेला प्रहरीको टोलीले शनिबार दिउँसो ती युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कनकाई–३ का विष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल र ओमप्रकाश चापागाईँ छन् भने कनकाई–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठ रहेका छन् । प्रहरीले जुवाको खालबाट सो नगद, क्यान्डिड पाउडर र एक थान गलैँचा बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई अनुसन्धान गरी कारवाहीका लागि अनारमनी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!