आइतबार, जेठ ३२, २०७७ || 1067  पटक पढिएको

वालिङमा लोपोन्मुख अवस्थामा रहेको सुँगुरे भालु भेटिएको डिभिजन वन कार्यालय स्याङजाले जनाएको छ । सुँगुरको जस्तै लामो थुतुनो, शरीरभरि बाक्ला, लामा काला र सेता धर्से रौं र लामा नङग्रासहितको वन्यजन्तु बस्तीनजिक आएपछि गाउँलेले समाएर वन कार्यालयमा खबर गरेका हुन् ।

भालु वालिङ् नगरपालिका–११ को तल्लो पेखु ओराले भन्ने ठाउँमा बारीका भेटिएको स्थानीयले जानकारी दिएका छन् । घर नजिकैको बारीमा हिँडिरहेको देखेपछि स्थानीयले घरमा ल्याउपछि स्थानीय सुरेश अर्यालले कार्यालयमा खबर गरेका हुन् ।

अनौठो प्रजातिको वन्यजन्तु देखेपछि गाउँलेले समाएर घरमा ल्याएर दूध खुवाएर राखे । उसले दूध खायो । त्यसपछि कार्यालयमा खबर गरेका हुन् । भालुलाई सोही दिन साँझ भेटिएको स्थाननजिकैको पेखु सामुदायिक वनमाछाडिएको डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

‘सुँगुरे भालु स्याङ्जामा पहिलो पटक देखिएको हो ।’ प्रमुख काफ्लेले भने–‘नेपालमा पाइने एक प्रकारको जनावर हो । अहिले यो दुर्लभ मानिन्छ ।’ काफ्लेका अनुसार धु्रवीय भालु पूर्णरुपमा मांशहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँस मात्र खाएर बाँच्ने गर्दछ । यी दुई प्रजातिबाहेक ६ प्रजातिका भालुहरू जसले वनस्पति र जनावर दुवैलाई आफ्नो आहार बनाउने गर्छन् ।

यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलिया नङ्ग्रा भएका पन्जाहरू र छोटो खालको पुच्छर हुन्छ । भालु एक हिँस्रक तथा खतरनाक जनावर हो ।
भालुहरू एक्लै हिड्ने र एकान्तप्रिय जनावरहरू हुन् । भालुको सुंघ्ने क्षमता तीक्ष्ण हुन्छ । ठूलो र रौं भरिएको भद्दा जीऊ भएपनि छिटोछिटो दौडिन, रुखमा चढ्न र पानीमा पौडन भालु निपुण हुन्छन् । मानव बस्तीनजिक बस्ने भालुहरू साँझपख र राति पनि सक्रिय हुने गर्छन । यिनीहरु गुफा र खाडलहरूमा बस्ने गर्दछन् ।

विभिन्न जातजाती र समुदायहरूको कला, धर्म र सांस्कृतिक सम्पदामा भालुको महत्वपूर्ण भूमिका रहन्छ । मानिसले अनावश्यक हस्तक्षेपका कारण भालु लोप हुने अवस्थामा पुगेको छ । भालुको छाला, भुत्ला र औषधियुक्त गुण भएको पित्त लगायत विभिन्न अंगहरूको समेत अवैद्य व्यापार हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!