आइतबार, जेठ ३२, २०७७ || 607  पटक पढिएको

जिल्लाको हिमाली गाउँपालिकालाई लक्षित गरेर सञ्चालित कवाडी डिपो बिक्री केन्द्रमा चामलको कमी देखिएको छ । बिक्री केन्द्रमा ढुवानी गरिएका चामल बिक्री भएर सकिएसँगै चामलको कमी देखिएको हो । कोल्टी डिपोले चामल बिक्री गर्न छाडेपछि र मागअनुसार चामलको कोटा सकिएपछि चामलको अभाव देखिएको डिपोले बताएको छ तर डिपोमा चामलको कमी हुनेबित्तिकै खाद्यान्नकै अभाव नभएको बताइएको छ । गाउँपालिकाले खाद्यान्न राहतकै लागि एकमुष्ट चामल उठाएपछि मौज्दातको मात्रा सकिए पनि सर्वसाधारणलाई अभाव नभएको बताइएको छ । राहतस्वरुप चामल पनि पाएको र थप गहुँसमेत भित्र्याएकाले खाद्य सङ्कलन भने नभएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । सबै चामल स्थानीय तहले राहतका लागि खरिद गरेर वितरण गरेपछि दुई सातादेखि चामलको कमी देखिएको डिपोले बताएको छ । गएको वर्षमा कवाडी डिपोमा तीन हजार ५०० क्विन्टल चामलको कोटा थियो । त्यो मध्ये दुई हजार १०० क्विन्टल बिक्री भइसकेको र बाँकी ढुवानी भइरहेकाले असारसम्म कुनै समस्या नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेखराज ओझाले बताउनुभयो । बाहिर सर्वसाधारणले जति हल्ला गरे पनि चामलको अभाव नै नभइसकेको, अहिले चामल ढुवानी भइरहेको र बिक्री मात्र केही दिनका लागि रोकिएकाले खाद्य अभाव नभएको ओझाको भनाइ छ । राहतसँगै गहुँबालीसमेत भित्र्याएको समय भएकाले खाद्य अभाव हुने र चामल नहुँदा हाहाकार नै हुने अवस्था नभएको खाद्य अधिकारका जानकारले बताउने गरेका छन् । क्वारेन्टिनका लागि पनि ठूलो मात्रामा चामल खरिद गरिएपछि डिपोमा कम भए पनि तत्काल ढुवानी हुने शाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!