दक्षिण भारतकी चर्चित नायिका तथा बाहुबलीबाट अत्यधिक चर्चामा आएकी राम्या कृष्णननको कारबाट चेन्नई प्रहरीले सय बढी रक्सीको बोतल जफत गरेको छ । राम्या कृष्णनन आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा थिइन् । यात्राकै क्रममा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोक्यो र उनको गाडीको अनुसन्धान गर्यो जसमा १ सय ४ वटा बोतल रक्सी पाएपछि नायिका र उनका ड्राइभरलाई प्रहरीले लिएका थिए ।

इन्डिया टुडेको रिपोर्ट अनुसार महाबलिपुरमबाट चेन्नई गइरहेकी राम्या कृष्णननलाई प्रहरीले कार अनुसन्धानका लागि रोकेको थियो । स्रोतका अनुसार उनी निकै शान्त भएर आफ्नो कारको अनुसन्धानका लागि अनुमती दिइन् । यतिबेला कारबाट प्रहरीले १ सय ४ वटा रक्सीको बोतल जफत गरे । लकडाउनको नियम उल्लंघन गरेका कारण प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।

ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याए, पछि उनले जमानत पाए । खबरका अनुसार राम्या आफैले आफ्नो ड्राइभरलाई हिरासतबाट बाहिर निकालेकी थिइन् । प्रहरीले सामान्य अनुसन्धानका लागि अभिनेत्री र उनका प्रहरीलाई हिरासतमा लिएका थिए । यद्यपि, यसबारे अभिनेत्रीको कुनै प्रतिक्रिया आएको भने छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!