आइतबार, जेठ ३२, २०७७ || 703  पटक पढिएको

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ । शनिबार एकैदिन यहाँ सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् ।

यो आँकडा कोभिढ१९इन्डिया डट ओआरजी अनुसार हो । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्टङ र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् ।

छलफलपछि प्रधानमन्त्रीले देशमा कोरोनाका दुई तिहाई संक्रमित पाँच जिल्लामा भएको बताए । उनका अनुसार ठूला शहरमा धेरै संक्रमण फैलिरहेको छ । यहाँ कोारेनासँग जुध्नका लागि परीक्षण, बेडको संख्या र अत्यावश्यक सेवा बढाउनेबारे चर्चा भयो । यसबाहेक प्रधानमन्त्रीले मनसुनको सिजनलाई मध्यनजर गर्दै अस्पतालमा बेड र कोरोना वार्डको आवश्यकताको विषयमा स्वास्थ्य मन्त्रालयलाई राज्यका साथै इमर्जेन्सी प्लानिङ गर्नका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!