आइतबार, जेठ ३२, २०७७ || 823  पटक पढिएको

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । शनिबार भीषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।

कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार राती दुई बजेसम्म तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको जानकारी दिनुभयो । राती पनि ा वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको शव भेटिएका र बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिनुभयो । स्थानीयका अनुसार दुई घरमा रहेका तुलबहादुरका छोरा, दुई नाति र कमला विकको घरका उनी सहित तीन जना वेपत्तँ रहेकाले खोजी कार्य जारी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!