गायक जेबी टुहुरेको नाममा इटहरी उपमहानगरपालिका वडा नं १० मा बन्न लागेको जेवि टुहुरे फाउण्डेशनको भवन शिलान्यासमा विवाद उत्पन्न भएको छ । शुत्रबार शिलान्यास भएको फाउण्डेशन विवादमा तानिएको हो । इटहरी उपमहानगरपालिकाकाको कार्यपालिका बैठकले जेबि टुहुरे फाउण्डेशनलाई १० कट्ठा जग्गा भोगाधिकार दिएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले फाउण्डेशनको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए । तर स्थानीय जनताहरुको विरोधकै क्रममा भवन शिलान्यास गरेको भन्दै चौतर्फी विरोध हुन थालेको छ ।

इटहरी उपमहानगरपालिका वडा नं १० स्थित सार्वजनिक जग्गामा फाउन्डेशनको भवन निर्माण शुरु गर्दा वडा र स्थानिय बासिन्दा सँग समन्वय तथा छलफल नभएको भन्दै वडा नं १० का वडाध्यक्ष प्रकाश चौधरीले असन्तुष्टि जनाएका छन । वडाध्यक्ष चौधरीले आफुहरु जेबि टुहुरे फाउण्डेशनको भवन निर्माण गर्न सकारात्मक हुँदाहुँदै मेयरले गुण्डागर्दी शैलीमा प्रहरी लगाएर वडाका जनप्रतिनिधि र स्थानीयबासी सँग समन्वय नगरी भवन निर्माणको शिलान्यास गरेको आरोप लगाए ।

जेबि टुहुरे फाउण्डेशनको भवन निर्माण भएको स्थानमा सामुदायिक वन रहेको र सो वनमा लोपोन्मुख प्रजातिका सिमल लगायत रुख बिरुवा संरक्षित रहेकोमा भवन निर्माणको नाममा वन क्षेत्र अतिक्रमण त हुदैन भन्ने चिन्ता आफू र स्थानिय बासिहरुमा रहेको वडाध्यक्ष चौधरीले प्रष्ट पारेका छन । प्रदेश नं १ सरकारले चालू आर्थिक वर्षमा जेबि टुहुरे फाउन्डेशनको भवन निर्माणका लागि ४० लाख बजेट विनियोजन गरेको छ ।

यता वडाध्यक्ष चौधरीले आफुहरु विकास र प्रतिभा प्रष्फुटनको पक्षपाती नै भएको तर वडामा गरिने विकास निर्माणमा वडाका जनप्रतिनिधी र स्थानिय सँग मेयरले समन्वय र छलफल नगर्नु दुर्भाग्यपूर्ण र निन्दनीय रहेको प्रतिक्रिया दिए । फाउण्डेशनको भवन निर्माणको विषयमा आफुहरु र स्थानिय बासिन्दाले मेयर सँग छलफल गर्न चाहेको तर मेयर बिना सुचना ५र७ जनाको समुहमा आई प्रहरीको बल प्रयोग गराउदै शिलान्यास गरेको वडाध्यक्ष चौधरीले बताए । सञ्चारपार्टी सँगको कुराकानीमा वडाध्यक्ष चौधरीले मेयरका यस्ता क्रियाकलाप बन्द हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!