यतिका समयसम्म प्रदेशको न्वारान गर्न नसकेका रहेको बेला अस्पतालको व्रतबन्धमा स्थानीय पहिचान र भावना विपरीत नामको रटान लगाउनु कति वान्छनीय हुन्छ ?

मदन भण्डारी सबैका श्रद्धाका पात्र भए पनि अस्पताल जस्तो ठाउँ लाई पार्टीको राजनीतिक अखडा जस्तो बनाउन लागि परेको एक झुन्ड देख्दा दया लागेर आउँछ ।

कम्तीमा सबै स्थानीयवासीले त्यो नामलाई राजनीति आस्थाका आधारमा उपयुक्त मान्दैनन् भने पहिलेकै नाम राख्दा चाहिँ तिनका के बिग्रने रहेछ ?

कि नाम राख्दा मृत मान्छे जागेर आएर बिरामीको उपचार गर्ने हो ? जीवित हुँदा सम्मान गर्न नसक्ने, मारिए पछि घटना बाहिर ल्याउन नखोज्ने अनि जनताको पैसा लाई आफ्नो पैसा जस्तो गरेर लाभ लिने काम बन्द गरौँ ।

अस्पताल स्तरोन्नति हुनुपर्छ । जनताले सेवा पाउनुपर्छ तर स्थानीय बासिन्दाको भावनाको कदर हुने गरि ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!