बलिउड अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । लकडाउनका कारण दीपिका सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् ।

हालै उनले पूर्व प्रेमी रणवीर कपूरसँगको तस्बिर शेयर गरेकी छिन् । उनले सात वर्ष पुरानो तस्बिर शेयर गरेकी हुन् । तस्बिर फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको थियो । उनले यो तस्बिर फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा शेयर गरेकी हुन् ।

उनले तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ‘ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन : नैना तलवार’

दीपिकाको उक्त तस्बिरमा पति रणबीर सिंहले प्रतिक्रिया जनाएका छन् । तस्बिरमा रणबीरले ‘क्युट’ भनेर लेखेका छन् । यसैगरी, बलिउडका डिजाइनर मनीष मल्होत्राले दिल र स्माइली इमोजी कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!