बिहिबार, पौष १७, २०७६ || 693  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पौष-१७

सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामार्फत द्वपक्षीय समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उनीहरुबीच सम्बाद भएको हो । इस्वी संवत् २०२० को शुभकामना आदानप्रदान गर्न भएको टेलिफोन वार्ताका क्रममा यस्तो छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
गत कात्तिक दोस्रो साता भारतले नेपालको कालापानी लिपुलेकलगायतका भू–भाग आफ्नो नक्सामा समेटेर सार्वजनिक गरेपछि ओली र मोदीबीच पहिलोपटक संवाद भएको हो । सीमा विवाद समाधान गर्न दुवैतर्फका कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएको छ । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको र सन् २०२० अझै उचाइमा पु¥याउन सफल हुनेमा दुवै प्रधानमन्त्रीले विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!