शनिबार, जेठ ३१, २०७७ || 565  पटक पढिएको

नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गर्नुभएको थियो । विभिन्न देशमा रहेका नेपालीका पिरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ । सो निर्णयबाट विशेष गरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको जनाउँदै निगमले आफू सम्पूर्ण नागरिकको सेवामा सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!