सरकारकाविरूद्ध असतुष्ट जनाउँदै अहिले माइतिघरमण्डलाका युवाहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरुले क्वारेन्टिनलाई जोखिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न माग गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को जोखिम रहेकाले शारीरिक दुरी बनाएर व्यवस्थित देखिएको प्रदर्शनमार्फत उनीहरुले सरकारलाई प्रश्न गरे।कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारका विषयमा उनीहरुले विरोध गरिरहेका थिए। गएको मंगलबार बालुवाटारमा प्रदर्शन गरेर सुरु भएको व्यवस्थित क्वारेन्टाइन, शतप्रतिशत पिसिआर टेस्ट, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च पारदर्शी हुनुपर्ने लगायत माग उनीहरुले आज पनि राखे।

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत भूभाग नक्सामा समेट्न आज नै संसदमा संविधान संशोधन हुने भएकाले माइतीघरको प्रदर्शनलाई राष्ट्रवादसँग जोडेर विरोध भइरहेको भए पनि प्रदर्शनकारीहरुले कोरोना जोखिममा राम्ररी काम गर्नुपर्नेबाहेकका माग राखेका थिएनन्। उनीहरुले नयाँ नक्साको स्वागत गरिएको ब्यानरहरु पनि बोकेका थिए।बिहान माइतीघर निस्कने हरेक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनमा जानेहरुलाई प्रहरीले रोकिरहेका थिए। बिहान प्रदर्शन सुरु हुने बेलामा माइतीघरबाट नै केही प्रदर्शनकारी प्रक्राउसमेत परे। मोबाइल सम्पर्क नहोस् भनेर सरकारले जामर पनि राखेको थियो। जसले गर्दा नेटवर्क विच्छेद भइरहेको थियो।

माइतीघर पुग्ने बाटोमा पैदलयात्रुसहित सवारीसाधनमा रहेकालाई सोधपुछ र खानतलासी गरिएको थियो। जोखिमका बेला भिडभाड नहोस् भनेर प्रहरीले उच्च सतर्कता अपनाएको थियो। मुस्किल अवस्थाबाट माइतीघरमा पुगेका प्रदर्शनकारीले शारीरिक दुरी बनाएर सुरक्षित रुपमा नै सरकालाई प्रश्न राखे।केही प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीलाई फूलका गुच्छा दिएका छन्। माइतीघर मण्डलमा करिब डेढ घण्टा मौन प्रदर्शनका क्रममा पनि फूल बोकिएको थियो। सामाजिक दूरीसहितको मौन प्रदर्शन सकिएपछि प्रदर्शनकारीले प्रहरीलाई फूल दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!