शनिबार, जेठ ३१, २०७७ || 934  पटक पढिएको

पाँच वर्षीय बालकको कोरोना संक्रमणबाट मृत्यु भएपछि बाराको निजगढ नगरपालिकाको एउटा बस्ती सिल गरिएको छ । वीरगञ्जमा उपचारका क्रममा बालकको मृत्यु भएपछि निजगढ नगरपालिका छ नम्बर वडाको माथिल्लो योजना टोल सिल गरिएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठकले बस्तीमा आवतजावत रोक्ने निर्णय गरेको हो ।

नगर प्रमुख सुरेश कुमार खनालले शंकास्पद क्षेत्रमा मृतकको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएको जानकारी दिएका छन । नगरपालिकाले विज्ञप्ति प्रकाशित गरेर अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरेको छ ।

बालकलाई उपचारका लागि लगिएका निजगढमा दुईवटा निजी क्लिनिक र सामुदायिक प्रसूति अस्पतालका स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा बस्न भनिएको छ । बालकको सम्पर्कमा आएका सबैको स्वाब परीक्षणको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!