जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मुलुकमा राष्ट्रवाद र राष्ट्रघातको परिभाषा स्पष्ट नरहेको बताएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले एक जाति, एक पार्टी, एक समुदायको मात्रै राष्ट्रियता, राष्ट्रवाद हुन नसक्ने भन्दै यसबारे अब स्पष्ट पार्नुपर्ने बताए ।

संविधान संशोधन गरेर नेपाली भूमि फिर्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै राष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संविधान संशोधन नगर्नु दुखद् भएको बताए । आफूहरुको असन्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए ।

महाकाली सन्धि गरेर राष्ट्रघात गरेको भन्दै उनले नेपाली भूमि गुमाउने गरी सम्झौता गर्ने राष्ट्रघातीलाईलाई कारबाही गर्नुपर्ने बताए । ‘देश बेचुवा राष्ट्रघातीाई टुंडिखेलमा झु ण्डाउनु पर्दैन’, उनले भने । राष्ट्रघातीको पहिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रविरोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्निपरीक्षा दिइरहनु पर्ने उनको आक्रोश थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!