खबर ठुलो छ

बलिउड अभिनेता तथा अभिनेत्री करीना कपूर र शैफ अली खानको विवाह भएको पनि थुप्रै वर्ष भइसक्यो । उनीहरुको एक जना सन्तान पनि भइसकेका छन् । बलिउडमा सुन्दर जोडीको रुपमा पनि चिनिँदै आएका सैफ र करीनाको विवाहको समयमा भने केही वैचारिक बहस भएका करीनाले खुलासा गरेकी छन् । आफूभन्दा निकै बढी उमेरका सैफ सम्बन्धविच्छेद गरेर बसेका अनि दुई जवान सन्तानका पिता पनि थिए । जसकारण करीनालाई धेरैले उनीसँग विवाह नगर्न सल्लाह दिएको करीनाले खुलाएकी थिइन् । उनले चर्चित टेलिभिजन कार्यक्रम ‘कफि विथ करण’ मा दिएको एक अन्तर्वार्तामा उनका आफन्त तथा शुभचिन्तकले उनलाई सैफसँग विवाह नगर्न सल्लाह दिएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘थुप्रै मानिसहरुले मलाई सैफसँग विवाह नगर्न सल्लाह दिएका थिए । केहीले चेतावनी समेत दिएका थिए ।’ अभिनेत्रीले भनिन्, ‘मानिसहरु सैफ पहिले नै विवाहित भएको र छोराछोरीको पिता भएका कारण विवाह गर्न उचित नहुने बताउँथे ।’ तर, करीनाले माया गर्नु कुनै पाप नभएकाले सैफसँग विवाह गर्ने सोचमा पुगेको बताइन् । मानिसहरुले उनको करियर नै सकिने समेत चेतावनी दिएका थिए । यद्यपि, उनले सम्बन्धविच्छेद भएपनि छोराछोरीको पिता भए पनि वा आफ्नो करियर नै दाउमा राखेर माया गर्नु अपराध नभएको भन्दै विवाह गर्न राजी भएकी बताएकी थिइन् ।

 

शनिबार, जेठ ३१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया