खबर ठुलो छ

कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् । नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माई कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा विशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुच्छ्रे« गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन् । उनलाई प्रहरीले बिहीबार साँझ ८ः०० बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त नेपालीलाई कर्तव्य ज्यान ९नवजात शिशुको हत्या० शीर्षकमा अनुसन्धानका लागि आज जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार, जेठ ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया