शुक्रबार, जेठ ३०, २०७७ || 598  पटक पढिएको

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ । भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ । ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुनुहुन्छ । यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री हुनुभएका अशोक चावन र एनसिपिबाट मन्त्री हुनुभएका जितेन्द्र अवहाद रहनुभएको थियो । उहाँहरुलाई अहिले निको भइसकेको छ । बिहीबार राति अबेर उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उहाँलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ । मन्त्रीसँगै उहाँको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!