शुक्रबार, जेठ ३०, २०७७ || 705  पटक पढिएको

बिश्वका धरै ठाँउमा धेरै अनुसन्धाता र खोप कम्पनीहरू कोरो-ना भा-इरसविरुद्ध खोप बनाउनका लागि प्रयास गरिरहेका छन् । मानवमाथि खोपको परीक्षण पनि चलिरहेको छ । कतैकतै दोस्रो अनि कतै त तेस्रो चरणमा खोप परीक्षण गरिँदैछ । यसै क्रममा भारतमा पतञ्जलि ट्रस्टले को-रोनाभाइरसको खोप बनाएको दाबी गरेको छ । ट्रस्टका संस्थापक सचिव आचार्य बालकृष्णले एक हजारभन्दा बढी रो-गीलाई आफ्नो खोपले निको बनाइसकेको समेत दाबी गरेका छन् । विभिन्न ठाउँमा कोरोनाका अनेकौं रोगीलाई खोप दिइएको उनको भनाइ छ । तीमध्ये ८० प्रतिशत पूर्णरूपमा निको भइसकेको समेत उनले दाबि गरेका छन् । पतञ्जलिका वैज्ञानिकहरूले रातदिन लगाएर यो खोप बनाएको आचार्य बालकृष्णको भनाइ छ । जनवरी महिनामा चीनको वुहानमा कोरोना देखिएबाट नै पतञ्जलि रिसर्च इन्स्टिच्युटले खोप बनाउन लागेको उनले बताएको भारतिय संचारमाध्यमहरूले जनाएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!