नेपालको राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै भारतका विरुद्ध उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झापड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली विरोधी माहौल बनाइने भएको छ ।
भारत विरुद्ध अडान लिएको, कालापानी लिपुलेक दावी गर्दै संविधान समेत संशोधन गरेको बदला लिन भारतले ओली विरोधी अभियान थालेको बुझिन्छ । भारत विरुद्ध लाग्ने नेपाली प्रधानमन्त्रीको हविगत के हुन्छ भनेर देखाउने कार्ययोजना साथ भारतले नेपालभित्र चलखेल थालेको हो ।
सरकारले कालापानी लिपुलेक क्षेत्रको नक्सा समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालको राजनीतिक माहौल फेरिएको छ । भारतसँग ठाडो टक्करमा प्रधानमन्त्री ओली उत्रनुभएपछि नेपालमा सामाजिक असन्तोष भड्काउन थालिएको छ ।
नक्सा जारी गरिएपछि भारतीय मिडिया नेपाल विरुद्ध खनिएका थिए, ओली सरकारको चरम विरोधमा उत्रिएका थिए । तर, पछि भारतीय मिडिया अचानक चुप लागे । भारतीय मिडियाको सट्टा ओली सरकार विरुद्ध नेपाली मिडियालाई नै उतारिएको छ ।
भारतद्धारा प्रवद्र्धित तथा समर्थित केही नेपाली मिडियाले सरकार विरुद्ध तिब्र घृणानिन्दा अभियान चलाइरहेका छन् । हुँदै नभएको भ्रष्टाचारलाई उछाल्ने, तिललाई पहाड बनाउने र नेपालमा सबैथोक समाप्त भयो भन्दै निराशा फैलाउने काम त्यस्ता मिडियाले गरिरहेका छन् । त्यसैगरी यसका लागि केही नेता पनि परिचालित गरिएका छन् ।
सरकार विरुद्ध मात्र नभएर नेपाल राष्ट्र विरुद्ध नै लाग्ने काम सरिता गिरीले गरिरहनुभएको छ ।
‘सरिता गिरी देखिने पात्र हो, प्रत्यक्ष नदेखिने तर राज्य तथा सरकार विरुद्ध घृणा फैलाएर भारत विरुद्ध लडिरहेका केपी शर्मा ओली सरकारलाई पाठ पढाउने काममा अन्य धेरै नेता लागिरहेका छन्’– बुद्धिजीवी गुरु भट्टराई बताउनुहुन्छ ।
नेपाली समाजको धेरै वटा वर्ग तथा क्षेत्रमा भारत तथा पश्चिमाहरुको नियन्त्रण रहँदै आएको छ, नेपाली समाजमा नियन्त्रण जमाउन, नेपाली समाजलाई आफूले भने अनुसार परिचालन गर्न पश्चिमा शक्तिहरुले विगत ३० वर्षदेखि निरन्तर खर्च गरिरहेका छन् ।
केपी ओलीले नयाँ नक्सा जारी गर्नुहोला भन्ने पत्यार भारतलाई थिएन । विगतका अरु प्रधानमन्त्रीहरु जस्तै केपी ओली थरथर काम्ने र वार्ताका लागि म्याउँम्याउँ मात्र गरिरहने अपेक्षा भारतको थियो । तर, केपी ओली म्याउँम्याउँ नगरेर बाघ झैं गर्जंदै प्रकट हुनुभयो । नेपालमा दादागिरी चलाउँदै आएको भारतलाई यो कुरा मान्य थिएन । त्यसपछि भारतले नयाँ नक्सालाई संविधानमा नराख्न दवाब दियो । त्यस विपरित ओली सरकारले नयाँ नक्सालाई संविधानमा अंकित गर्न संविधान संशोधन विधेयक अगाडि बढायो । भारतका लागि यो असहनीय थियो । असहनीय तब भयो जब संसद्मा रहेका सबै पार्टीहरु, बाबुराम भट्टराई जस्ता नेताहरु पनि संविधान संशोधन गरेर नयाँ मानचित्रलाई संविधानमा अंकित गर्ने पक्षमा उभिन बाध्य हुनुपर्यो ।
काउन्टरमा भारतले सामाजिक तथा मिडिया परिचालनको सहारा लियो । यसका लागि भारत समर्थित मिडियाबाट असन्तोष फैलाइयो, सरकार पूरै भ्रष्टाचारी छ भन्ने भ्रम फैलाइयो, युवा पुस्तालाई भ्रमको सिकार बनाइयो र सडकमा उतार्न खोजियो ।
जानकार स्रोतहरुका अनुसार प्रधानमन्त्री ओली विरुद्ध जनता उठाउने कार्ययोजना भारतीयहरुले बनाएका हुन् । उनीहरुले अराजकता फैलाउन सरिता गिरीको घरमा आक्रमण गर्न मानिस पठाए भने सडकमा पनि उनैलाई उतारे । सरिता गिरीको घरमा आक्रमण गर्न जाने जत्थाका बारेमा छानविन गर्ने हो भने उनीहरुको सम्बन्ध भारतीय दूतावास तथा बाबुराम भट्टराईसँग देखिने जानकारहरु बताउँछन् ।
सरिता गिरीको घरमा आक्रमण गर्न जाने हेमराज थापा लगायतका व्यक्तिहरु बाबुराम भट्टराईको कार्यकर्ता रहेको बताइन्छ, उनै व्यक्तिहरु इनफ इज इनफ भन्दै सरकार विरोधी अभियानमा पनि लागेका छन् ।
बब्लु गुप्ता, लाक्पा छोडेन लामा र बिनोद देउवा ठकुरी नाम गरेका व्यक्तिहरुलाई परिचालित गर्ने काम भारतीय दूतावासले गरिरहेको बुझिन्छ । प्रतिनिधि सभाले संविधानमा नेपालको नयाँ मानचित्र अंकित गर्ने विधेयक अगाडि बढाउँदा नेपाली युवा भारत विरोधी प्रदर्शनमा नउत्रिउन् भन्ने उद्देश्यले केपी ओलीकै विरुद्ध उतार्ने रणनीति भारतले बनाएको प्रष्ट छ ।
प्रतिनिधि सभाले सम्भवत शनिबारको बैठकमा संविधान संशोधन विधेयक पारित गर्नेछ । सो विधेयक पारित गर्दा नेपाली राष्ट्रिय एकताको पक्षमा, नेपालको राष्ट्रिय हितको पक्षमा र कालापानी लिपुलेक नेपालको हो भन्ने पक्षमा नेपाली युवा पुस्ता उभिन्छ भन्ने विष्लेशण साथ उनीहरुको ध्यान अन्तै मोड्ने प्रयाश भारतले गरिरहेको छ । यसका लागि नेपालमा उनीहरुले विभिन्न गुप्त शक्ति परिचालित गर्दै सामाजिक असन्तोष भड्काउने काम गरिरहेका छन् ।
‘नेपालले एक ढिक्का भएर भारत विरुद्ध लड्न सक्दैन, नेपाल विभाजित छ भनेर देखाउने प्रयास भइरहेको छ’– बुद्धिजीवी गुरु भट्टराई भन्नुहुन्छ ।