
बलिउडकी हट एण्ड बोल्ड अभिनेत्री अमायरा दस्तुर अक्सर तस्बिरका कारणले चर्चामा छाउने् गर्दछिन् । हालै आमायराले आफ्नो इस्टामा केही तस्बिर शेयर गरेकी छन् । जसको कारण उनी अहिले चर्चामा छिन् । तस्बिरमा उनी रातो कलरको ड्रेसमा देखिएकी छन् । यो गर्मीको समयमा अमायरा यो लुक्सले गर्मी झन् बढाएको छ ।

मिनिमल मेकअप र स्लिवर नेकलेसका साथमा उनले टेबुलमा बसेर निकै हट तस्बिर पोज दिएकी छन् । यो तस्बिरमार्फत उनले आफु हटनेशको फुल डोज भएको साबित समेत गरेकी छन् । अमायराको यो तस्बिरले दर्शकको सास रोक्न सक्छ । दर्शकले उनका यो तस्बिर निकै मन पराएका छन् । कामको कुरा गर्ने हो भने अमायरा हालै ‘मेड इन चाइना’, ‘प्रसाथनम’ जस्तो फिल्ममा देखिएकी थिइन् ।