शुक्रबार, जेठ ३०, २०७७ || 1055  पटक पढिएको

दाङमा त्रिशुल प्रहार गरी एक युवकको हत्या भएको छ । बबई गाउँपालिका ३ धनबाँस गुन्द्री बजारका नारायण डाँगीको स्थानीय बालीराम ओलीले त्रिशुल प्रहार गरि हत्या गरेका हुन् ।

त्रिशुल प्रहारबाट गम्भिर घाईते डाँगीको अस्पताल लैजादै गर्दा वाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबवहादुर सिंहले जानकारी दिए । ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीलाई प्रहार गरेका हुन् ।

हत्याको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ओलीले आफैंलाई पनि त्रिशुल प्रहार गरी घाइते बनाएका छन । उनको तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!