शुक्रबार, जेठ ३०, २०७७ || 622  पटक पढिएको

पर्साको धोबनी गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४६ जना एकै पटक भागेका छन् । २८ दिनदेखि क्वारेन्टिनमा बसिरहेकाहरु स्वाब परीक्षण रिपोर्ट नआएको र व्यवस्थापन राम्रो नभएको भन्दै गएराति भागेका हुन् ।

पीसीआरका लागि एक साताअघि स्वाब संकलन गरिएपनि उनीहरुको रिपोर्ट आएको छैन । रिपोर्ट पनि नआएको र क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु क्वारेन्टिन छाडेर हिँडेको बताइएको छ ।

तिमध्ये ३२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखि सकिएको इलका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । अन्यको खोजी भइरहेको छ । भारतबाट फर्केर क्वारेन्टिनमा बस्नेहरु भागेपछि स्थानीयमा भने त्रासको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!