शुक्रबार, जेठ ३०, २०७७ || 764  पटक पढिएको

जनकपुरमा अस्पतालको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका ब्रम्हपुरी स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा डाक्टरको लापरवाहीले गर्दा नवजात शिशुको ज्यान गएको पीडि़त पक्षले आरोप लगाएका छन ।

जानकी मेडिकल कलेज अस्पताल पुगेकी महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ की २६ वर्षीया खुस्बु यादवले बच्चालाई जन्म दिने क्रममा नवजातको मृत्यु भयो । अस्पतालमा भर्ना गरेदेखि डिलेभरी हुँदासम्म डाक्टर नै नआएको कारण बच्चाको मृत्यु भएको खुस्बुका भाइ मुकेश यादवको आरोप छ ।

मुकेशले भने‘अस्पतालमा दिदीलाइ २ बजे भर्नाको लागि ल्याएका थियौ,भर्ना गर्न ल्याउँदा सबै सुविधा यहाँ छ भनेर भर्ना लिइयो तर डिलेभरी हुँदासम्म कुनै डक्टर नआएकै कारण बच्चाको मृत्यु भयो ।

डाक्टरलाइ पटक पटक आउनका लागि फोन गर्दा समेत आउन न मानेकोले गर्दा नर्सले डिलेभरी गरायो, डिलेभरी सफल भएन, बच्चाले संसार हेर्न नपाउँदै मृत्यु भयो ।’ आक्रोशित यादवले भने , ‘यदि अस्पतालको यस्तै रवैया रह्यो भने आज मसंग यो घटना घटेको छ भोलि अन्यसंग पनि यस्तो घट्न सक्छ ।’

लापरवाही गर्न अस्पताल, प्रशाशन शाखा र डाक्टरलाई कारवाही गर्नु पर्ने पीडि़त पक्षको मांग छ । राति नै नवजातको मृत्यु पश्चात आक्रोशित परिवारजनसंगै केहि युवा नेताहरुले अस्पतालविरुद्व चर्को नाराबाजीसमेत गरेका थिए ।

जानकी मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख प्रशाशकीय अधिकृत डा।डी।एन झाले समेत अस्पतालबाट गल्ती भएको स्वीकारेका छन् । झाले पीडित परिवारहरुसंग छलफल गर्दै भने ‘अस्पतालबाट वास्तवमा गल्ती भएकै हो र अव देखि यस्तो गल्ती दोहोरिने छैन ।’

राति भएको छलफलमा कुनै निष्कर्ष न निस्केपछि प्रहरीले अस्पतालका प्रशासकीय अधिकृत डा।डी।एन झा र नर्स रिसु झालाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा छलफलको लागि जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षलाई बोलाइएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!