दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उहाँ भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आउनुभएको थियो । उहाँलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उहाँका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उहाँलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ । चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहनुभएकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उहाँका स्वकीय सचिव रवीन्द्र जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौँ लगिएको हो ।” नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आउनुभएको उहाँका श्रीमान् कृष्ण मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!