शुक्रबार, जेठ ३०, २०७७ || 704  पटक पढिएको

जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडकखण्डको बिन्द्रावनमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीको पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिल बहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती कुँवर र २० वर्षीय छोरा रोहित कुँवर रहेका छन् ।

घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायवब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । तीनै जनालाई राति नै उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको अधिकारीले बताए ।
धनगढीबाट बैतडीको पुर्चौडी नगरपालिका जाँदै गरेको पुर्चौंडी नगरपालिकाको म १ झ ११३ नम्बरको एम्बुलेन्स बिहीबार राति ९ बजे सिगास गाउँपालिका–१ बिन्द्रावनमा दुर्घटनामा परेको हो ।
एम्बुलेन्स सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक पुर्चौडी नगरपालिका ७ का उत्तर विष्ट फरार छन् । यो खबर आजको अन्नपुर्ण खबरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!