विवादास्पद अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) मातहतको आयोजना कार्यान्वयनका लागि दुई आर्थिक वर्षमा सात अर्ब २२ करोड रुपैयाँ खर्च हुने भएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना (२०७७/०७८, २०७९/०८०) को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा एमसिसी आयोजनाको लागि ८९ करोड ८२ लाख रुपैयाँ खर्च भएको थियो ।

आयोगले चालु आर्थिक वर्षमा एमसिसी आयोजना कार्यान्वयनको लागि ६ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमानमा प्रक्षेपण गरेको छ । एमसिसी आयोजना संघीय संसदबाट पारित हुने/नहुने अन्योलका बीच अहिले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि एमसिसीको लागि नौ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको आय–व्यय अनुमानको विवरणमा वैदेशिक अनुदान शीर्षकमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७/०७८ मा पाँच अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने सरकारको लक्ष्य रहेको छ । याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!