शुक्रबार, जेठ ३०, २०७७ || 779  पटक पढिएको

रामेछापका एक जना कोरोना संक्रमितलाई पाटन अस्पतालमा रेफर गरिएको छ। लिखुतामाकोसी गाउँपालिका -७ का २६ वर्षीय पुरुषलाई बिहीबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा. आनन्द प्रसाद आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए।

उनकाअनुसार रामेछापका १७ जनामध्ये तिल्पुङका २६ वर्षीय पुरुषलाई आएकै दिनदेखि ज्वरो आएको र हालसम्म उपचार गर्दासमेत ज्वरो कम हुन नसकेपछि पाटन अस्पतालमा पठाइएको हो ।

भारतका र नवलपरासी, रौतहट जिल्लाबाट आएर गोकुलगंगा र लिखुतामाकोशी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिको स्वाब संकलन गरी धुलिखेल अस्पतालमा परीक्षण गर्दा १७ जनाको पोजिटिभ आएको थियो। गोकुलगंगा गाउँपालिका २२.२२.२३.२४.२६.२६२७.२८ र ३८ वर्षका ९ जना पुरुष र लिखुतामाकोशी गाउँपालिकाको क्वारेन्टइनमा रहेका १७.२१.२१.२४. २५ र २६ वर्षका ६ जना पुरुष गरी जम्मा १५ जना व्यक्तिहरुलाई जेठ २३ गते रातिदेखि जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

त्यसैगरी जेठ २५ गतेबाट गोकुलगंगा -४ का २६ वर्षिय पुरुष र गोकुलगंगा-४ कै ४९ पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। गोकुलगंगाका ११ जनालाई कोरोना परीक्षण रिपोर्ट नआउँदै गाउँपालिकाले दिउँसो क्वारेन्टाइनबाट घर पठाएको थियो। स्वास्थ्य मन्त्रालयको पत्रकार सम्भेलनमा कोरोना पोजिटिभ भएको जानकारी पाउनासाथ गाउँपालिकाले उनीहरुलाई फेरि फर्कनका लागि फोन गरेका र यातायातका साधन पठाएका थिए। ९ जना साधन चढेर फेरि क्वारेन्टाइन फर्किए पनि २ जना सम्पर्कविहीन भएका थिए। जसमध्ये एकजना बेलुका सम्पर्कमा आएका थिए भने अर्का फरार संक्रमितलाई दोलखा जिल्लाको च्यामाबाट तीन दिनपछि नियन्त्रणमा लिएर अस्पतालको आइसोलेसनमा राखिएको छ।

जिल्लामा बिहीबारसम्ममा भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका १२४ जना क्वारेन्टाइन बसिरहेका छन्। रामेछापमा अहिलेसम्ममा ८६७ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरिएको छ भने १५० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ। स्वाब संकलन गरेर पठाइएकामध्ये २९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

-अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!