शुक्रबार, जेठ ३०, २०७७ || 778  पटक पढिएको

सरकारको कामप्रति असन्तुष्टि जनाउँदै बिहीबार प्रदेश १ को राजधानी विराटनगरमा पनि प्रदर्शन गरिएको छ । युवाहरुले कोरोना भाइरस संक्रमणका नाममा खर्च भएको १० अर्बको हिसाब माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

संक्रमण रोकथाम, औषधि, उपकरण खरिदमा भएको खर्चको पारदर्शिता हुनुपर्ने प्रदर्शनकारीले माग गरेका थिए । उनीहरुले भरपर्दो नभएको भन्दै आरडीटी परीक्षण रोक्न समेत माग गरे । देवकोटा चोकबाट सुरु भएको र्‍यालीमा युवाहरु स्वःस्फूर्त सहभागी थिए । र्‍यालीका सहभागीले राष्ट्रिय गानको भाकामा सरकारलाई गरिएको व्यंग्यमिस्रित प्यारोडी गाएका थिए । प्रदर्शनकारीहरु नगरका विभिन्न चोक घुम्दै गर्दा सहभागी हुनेहरु थपिएका थिए ।

प्रदर्शनकारीले भौतिक दूरी कायम राखेर राजमार्ग र महानगरका विभिन्न स्थानमा सरकारका कामको विरोधमा लेखिएका नाराअंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भाषण होइन सुशासन, रोगले भन्दा भोकले मरिने भइयो, सक्षम सरकारको लक्षण पारदर्शिता र दूरदर्शिता, प्रहरी हाम्रो मामा हो, भान्जा कुट्न पाइँदैन, सरकार कर केका लागि ? जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शनकारी युवा युवतीले बोकेका थिए । अत्यधिक गर्मी भए पनि प्रदर्शनमा युवा युवतीको उल्लेख्य सहभागिता थियो । र्‍यालीले महानगरका मुख्य चोक र बजार क्षेत्र परिक्रममा गरेको थियो । त्यसपछि प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अघि पुगेको थियो ।
-कान्तिपुर पत्रिकामा माधव घिमिरेले लेखेको समाचार

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!