बिहिबार, जेठ २९, २०७७ || 688  पटक पढिएको

भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादुर राउत बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । ना६ख १६१६ नंको ट्रकमा हेटौँडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर अरनिको राजमार्गको सर्भिस ट्र्याक हुँदै सूर्यविनायकतर्फ जाने क्रममा चुनदेवी पुगेपछि सडकमा गहिरो छ कि भनेर हेर्न जाँदा उहाँलाई भेलले हुत्याएर ढलभित्र छिराएर बेपत्ता बनाएको उहाँले जानकारी दिनुभयो । सोही ट्रकका सहचालक एवं प्रत्यक्षदर्शी रुपेश सुनारले भन्नुभयो, “सूर्यविनायक जाने मुख्य सडकमा पनि मोटरसाइकल नै पल्टाउने गरी ठूलो भेल आएको थियो, सर्भिस ट्र्याकमा पनि पानीको भेलले बाटो नै देखिएको थिएन, ट्रक रोकेर ड्राइभर झरेर मुख्य सडक र सर्भिस ट्र्याकको पानी जाने ठाउँमा गहिरो छ कि छैन भनेर हेर्न जाँदा भेलले उहाँलाई हुत्याएर ढलमा हाल्यो, त्यसपछि कहाँ पुगे भेटिएनन् ।” आफ्नै आँखा अगाडि राउतलाई बगाउँदा पनि उद्धार गर्न नसकेपछि प्रहरीलाई खबर गरेको थिएँ । घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, नेपाली सेना वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी बल दुवाकोटको प्रमुखसहितको सुरक्षाकर्मीको टोली र अरुण सैँजूलगायत स्वयंसेवकको टोलीले खोजी गरेका थिए । सुरक्षाकर्मी र स्वयंसेवकको टोली ढलभित्र छिरेर खोलासम्म पुगेर खोजी गरेका थिए । सल्लाघारीका प्रतक्ष्यदर्शीले टाउकोमा चोट लागेको मानिस बगेको देखेको जानकारी दिएका छन् । सुरक्षाकर्मीको टोलीेले हनुमन्ते खोलाको सल्लाघारीदेखि, राधेराधे, जुडीबुटी र नरेफाँटसम्म हुँदै ललितपुर र काठमाडौँका खोलामा समेत रातिसम्म खोजी गर्दा पनि नभेटिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!