लकडाउनको उलंघन गर्दै प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । ‘स्वतन्त्र पोखरेली’ को नाममा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले नियन्त्रणमा प्रभावकारी कदम नचालेको तथा पीसीआरको दायरा नबढाएको भन्दै उनले प्रदर्शन गरेका थिए । लकडाउन उलंघन गर्दै प्रदर्शनमा नगर्न प्रहरीले आग्रह गर्दागर्दै नमानेपछि लाठीचार्ज भएको बताइएको छ । सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेको बताइएको छ । यस्तै खालको प्रदर्शन काठमाडौंस्थित प्रधानमन्त्री निवास अगाडि समेत हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!