हिपमत डटकम
काठमाडौं ,पौष १७

केही समय अगाडी पाईलटले फोर्स ल्याण्डिङ गराउँदै गरेको जानकारी गराएको हेलिकप्टर दुर्घटना हुँदा ताईवानी सेना प्रमुख सेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य पाँचजनाको उद्धार गरिएको छ।

ताइवानी सेना प्रमुख सेन यी मिङ सहित १३ जना रहेको ब्ल्याक हक हेलिकप्टर ताइपेइको हिमाली क्षेत्रमा आकस्मिक अवतरण गरिएको थियो। अवतरणपछि हेलिमा सवार १३ जनामधये ३ जना बेपत्ता रहेको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको थियो।

सेनाले विमान अवतरण गरेको स्थानमा दुई ब्ल्याक हक हेलिकप्टर सहित ८० सैनिक परिचालन गरेर पत्ता लगाएको हो ।

तस्वीर: एजेन्सी

ताइवानको रक्षा मन्त्रालयले केही समय अघि विज्ञप्ती जारी गर्दै सेना प्रमुखको मृत्यु भएको पुष्टि गरेको छ। सेनसँगै अन्य सातजनाको समेत दुर्घटनामा मृत्यु भएको बताइएको छ। नयाँ वर्षको उपलक्ष्यमा उक्‍त हेलिकप्टर उत्तरपूर्वी क्षेत्रमा रहेको इलान कन्ट्रीमा नियमित भ्रमणका लागि जाँदै थियो।

दुर्घटना भएको हेलिकप्टरका पाईलटले फोर्स ल्यान्डिङ गर्न लागेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वृस्तित विवरण आउन बाँकी छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!