बिहिबार, जेठ २९, २०७७ || 661  पटक पढिएको

नेपालमा मनसुन असार १ बाट भित्रने पूर्वानुमान गरिएको छ । यो विगतभन्दा केही ढिलो गरी भित्रिने भएको हो । हिजो नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिनका वातावरण बनिनसकेकाले अझै चार दिन लाग्ने सम्भावना रहेको हो । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । “यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलको भनाई उदृत गर्दैगोरखापत्रले लेखेको छ।

यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ ।
गत वर्ष पनि १० दिन ढिलो अर्थात् २० जुनमा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

मनसुनमा औसत वर्षा हुने
यसैगरी, मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औसत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतको हाराहारीमा पानी पर्ने गर्छ । मनसुन अवधिमा मुलुकको औसत वर्षाको मात्र एक हजार ४९६ दशमलव सात मिलिमिटर र काठमाडौँको वार्षिक औसत वर्षा एक हजार ४५४ दशमलव आठ मिलिमिटर हो ।

यसैगरी आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली साथै बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राती प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!