ज्यो.सुरेश चन्द्र रिजाल

हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ वेद हो। वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता पनि भन्ने गरिन्छ । मंगल ग्रह भूमि यानिकि जमिनका पुत्र हुन् भनेर मानव सभ्यताको विकाश नहुँदै यही वेदमा लेखिएको छ ।

वेदले मंगल ग्रहलाई भगवानको संज्ञा दिएकाले धर्ममा विश्वास गर्नेहरुले आजका दिनसम्म वैदिक विधिअनुसार नै पूजा गर्दै आइरहेका छन् । नौ वटै ग्रहहरुको मन्त्र वेदमा छन् । वेद कुनै मानवले कल्पना गरेर लेखिएको पुस्तका होइन ।

एक हजार पूर्णिमा देखेमा चौरासी वर्ष पूरा हुने र मोक्ष प्राप्तिका लागि भनेर चौरासी पूजा गरिने धार्मिक ग्रन्थमा उल्लेख छ । मानिसहरुको सौभाग्य नै हो

पृथ्वीको केही अंश चन्द्रमा सुरक्षित राखिएको कुरा पनि वेदमा नै उल्लेख छ । कुनै समयमा पृथ्वीको अस्तित्व समाप्त भएमा पूजा गर्नको लागि भनेर पहिले नै चन्द्रमामा पवित्र भूमि राखेको हो भनेर सत् पथ ब्राह्मण नामक वेदको भास्यमा उल्लेख गरिएको छ ।

त्यही भएर मानिसले ८४ वर्ष यानिकि एक हजारपटक चन्द्रमाको दर्शन गरेमा चौराशी पूजा गर्ने विधान शास्त्रमा उल्लेख गरिएको हो । हरेक पूर्णिमामा मात्रै मानिसले पूर्ण चन्द्रमाको दर्शन गर्न पाउँदछन् । हरेक महिनाको एकपटक मात्रै पूर्णिमा तिथि आउँदछ ।

यसरी एक हजार पूर्णिमा देखेमा चौरासी वर्ष पूरा हुने र मोक्ष प्राप्तिका लागि भनेर चौरासी पूजा गरिने धार्मिक ग्रन्थमा उल्लेख छ । मानिसहरुको सौभाग्य नै हो, मानव जातिले विज्ञान र प्रविधिको क्षेत्रमा विशाल प्रगति गर्न सफल भयो । त्यही कारणले आज धर्तीमा रहेका अन्य प्राणीले भन्दा मानिसले सुविधायुक्त जीवन र सुरक्षित जीवनयापनको परिकल्पना गरिरहेका छन् । तर, मानिसहरुको जीवन वर्तमान दुनियाँ राजनीतिक, सामाजिक र पर्यावरणका दृष्टिले व्यापक उथल पुथलको संघारमा उभिएको छ ।

के मानव जातिले आफ्नो अस्तित्व अब आउने दुई सय वर्षसम्म कायम राख्न सक्ला भन्ने प्रश्नचिह्न पनि खडा भएको छ । मानिसहरूका लागि सबैभन्दा डरलाग्दो भविष्यवाणी भनेको कालान्तरमा पृथ्वीमा कुनै पनि जीवनको अस्तित्व समाप्त हुने सम्भावना पनि रहेकै छ । धार्मिक ग्रन्थमा प्रलयको चक्र चलिरहने भनेर प्रस्ट रुपमा उल्लेख गरिएको छ ।

मानव जीवनको अस्तित्व सं-कटमा परिरहेको छ । जलवायु परिवर्तन, परमाणु युद्ध, कुनै पनि उल्का ग्रहहरु पृथ्वीमा ठोकिने सम्भावना पनि छ

पृथ्वीभन्दा अन्य स्थानमा मानव सभ्यताको अस्तित्व रहने छ भनेर कतै पनि व्याख्या तथा चर्चा नगरेकाले आधुनिकीकरण प्रयोग गरेर अरु कुनै ग्रहमा बसेर अस्तित्व कायम गर्छु भनेको सपना मात्रै हो ।

पृथ्वीमाबाहेक अरु कुनै पनि स्थानमा मानव जातिको अस्तित्व नरहने प्रस्टै छ । अहिले मानव जीवनको अस्तित्व सं-कटमा परिरहेको छ । जलवायु परिवर्तन, परमाणु युद्ध, कुनै पनि उल्का ग्रहहरु पृथ्वीमा ठोकिने सम्भावना पनि रहिरहेको छ । बिसौं शताब्दीमा आएर मानिसले सुरक्षित स्थानमा बसोबास गरिरहेको परिकल्पना मात्रै गरिरहेका छ ।

मानव जीवन अन्तरिक्षमा बसाइँसराइ गराएर सुरक्षित रहन्छ भनेर कसैले सोचेका छौँ भने त्यो सोच मात्रै रहने छ । वैदिक दर्शनमा भनिएको छ, मंगल ग्रह पनि भूमिको पुत्र भएकाले त्यहाँ पृथ्वीमा भएको जस्तै माटो ढुङ्गाहरुको कण व्याप्त छ ।

पूजा गर्ने स्थानमा गएर मानव वसाइँ गर्ने सोचमा रहेका महान वैज्ञानिकहरुको सोच मात्रै हुनेछ । मंगल ग्रहमा भूमिको अस्तित्व छ, तर मानव जीवनको अस्तित्व भने छैन ।

मंगल ग्रह पृथ्वीजस्तै मिल्दो जुल्दो मात्रै छ भनेर वेदले बताएको छ । त्यसो त विश्वको अग्लो शिखर सगरमाथामा समुद्रमा पाइने ढुङ्गाको स्यामपल भेटिएको भनेर वैज्ञानिकहरुले भनिरहँदा के कुनै समयमा सगरमाथा समुद्रको सतहमा थियो ? यदि त्यसो हो भने वेदले भनेको प्रलयको चक्र पनि चलिरहन्छ र आगामी समयमा प्रलय भएर पुरै जीवको अस्तित्व पृथ्वीबाट सधैंका लाग समाप्त हुन्छ । तर अन्य स्थानमा मानव अस्तित्व रहने कुनै पनि चर्चा वैदिक दर्शनमा छैन ।

अहिलेसम्मकै खतरनाक भनिने ठूल्ठूला बिनाशकारी हतियारको प्रयोग हाम्रा ऋषि महर्षी हरुले गरिसकेका छन् । जुन मानव मस्तिष्कमा परिकल्पना गरिन्छ ती सबै कुरा महाभारतमा प्रयोग भइसकेकाले विज्ञान भन्दा अगाडि नै वैदिक दर्शन रहेको छ । विज्ञानले परिकल्पना गरेका सबै कुराहरु हाम्रा ऋषि महर्षीहरुले पत्ता लगाइसकेकाले विज्ञान भन्दा अगाडि वैदिक दर्शन रहेको प्रमाणित हुन्छ ।

अहिले शक्तिको बलमा अर्काे दुनियाँमा मानव अस्तित्व कायम गर्छु भनेर बल देखाउनेहरुको पनि यहीँ पृथ्वीमा नै अस्तित्व समाप्त हुन्छ । पूजा गर्ने स्थानमा गएर मानव वसाइँ गर्ने सोचमा रहेका महान वैज्ञानिकहरुको सोच मात्रै हुनेछ । मंगल ग्रहमा भूमिको अस्तित्व छ, तर मानव जीवनको अस्तित्व भने छैन ।

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन सम्पर्क ९८५१०६११२४ इमेल : rijal.suresh123(AT)gmail.com

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!