बुधबार, जेठ २८, २०७७ || 510  पटक पढिएको

जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा आइतबार राती भित्र पसि मियाँले युवतीको मुख छोपेर जबरजस्ती करणी गरेको युवतीको भनाई उद्रित गर्दै प्रहरीले बताएको छ ।

घटना आइतबारै भएपनि स्थानीयको दवावमा गाउँमै मिलाउने कोशिस भएको थियो । भोलिपल्ट अबेरमात्र प्रहरीले सूचना पाएको थियो । प्रहरीले सूचना पाउनासाथ युवकलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरेको छ । प्रहरीले युवती र युवक दुवैको स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!