विभिन्न मुलुकमा कोरोनाको महामारीमा परेका नेपालीलाई ल्याउने निर्णय गरेको सरकारले तयारी भने अघि बढाएको छैन । सम्बन्धित देशमा रहेका नेपाली दुतावासको समन्वयमा ल्याउने भनिएको छ । नेपाल फर्किन चाहनेको विवरण संकलन भएको भनिए पनि ल्याउने मिति भने अझै टुङ्गो लागेको छैन ।

कोरोना भाइरस प्रभावित देशमा रहेका नेपालीहरुले नेपाल फर्किन पाउँ भनेर माग गरेको धेरै समय वित्यो । सरकारले पनि उनीहरुलाई स्वदेश ल्याउने आश्वासन दिदै आयो । काम सुरु हुन नसक्दा चौतर्फी आलोचना र दबाब सृजना भइरहँदा गत शुक्रबारदेखि सरकारले विभिन्न देशबाट उद्धार गरेर ल्याउने काम सुरु गरेको थियो । पहिलो चरणको उद्धार म्यानमार संयुक्त अरब इमिरेट्स (युएई)बाट नेपाली स्वदेश फर्किएका छन् । तर त्यसपछिको उद्धार भने अघि बढ्न सकेको छैन ।

विदेशमा अलपत्र नेपाली कामदार, दूतावास र नेपाल सरकारको मत बाझिँदा उद्धार अभियान सुरुमै भद्रगोल बन्न पुगेको छ । दुतावास र काम गरिरहेको कम्पनीले नेपाल आउनका लागि हवाई टिकटको पैसा तिरिदिएकाहरु मात्रै नेपाल आउन पाउने अवस्था छ । सरकार आफैँले खर्च गरेर भने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई ल्याउने ठोस योजना नबनेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहाल बताउँछन् ।

त्यसो त सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरे पनि कार्यान्वयन हुन नसक्दा सरकारी अधिकारीहरु नै दिक्क भइसकेका छन् । अहिलेसम्म उद्धार गर्न नसक्नुमा पैसाको समस्या भएको भन्ने कुराको खण्डन गर्दै विभागका महानिर्देशक दाहालले हवाई उडानमा भने समस्या भएको बताए । दाहालले नेपालीहरु विदेशमा छटपटाइरहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै आक्रोष व्यक्त गरेका छन् । उनले सरकारलाई जतिसक्दा चाँडो उद्धार कार्यलाई तीब्रता दिन आग्रह गरेको छ ।

सरकारले नै प्रभावकारी रुपमा काम गर्न नसक्दा यतिबेला विदेशमा रहेका कामदारदेखि दूतावाससम्म अन्योलमा छन् । कम्पनीहरूले कामदारलाई नियमित उडान खुलेपछि मात्र फर्किन दबाब दिएका छन् । पहिल्यै टिकट काटेर बसेकाहरूलाई चार्टर्ड उडानमा महँगो खर्च गरेर पठाउन कम्पनीहरू तयार छैनन् । अधिकांश कामदार आफ्नै खर्चमा नेपाल फर्किन सक्ने अवस्थामा पनि छैनन् । तर सरकारले भने उनीहरुको चाहना र दुःख बुझ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!