मिर्चैयामा लकडाउन पालना गराउन आग्रह गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाले माइकिङ गर्न थालेको छ । लकडाउन उलंघन गर्नेहरु संयमित नहुँदा सचेतना फैलाउन इलाका प्रहरी कार्यालय मिर्चैयाले माइकिङ सुरु गरेको हो ।
सबै स्थानमा प्रहरी पुग्न नसक्ने भएकाले सन्देश मुलक जानकारीहरु माइकिङ मार्फत सबै ठाँउमा पु¥याउन सफल भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) राम कुमार महतोको भनाई छ । मिर्चैयामा भीडभाड कम गराउन भौतिक दुरी कायम गराएर मात्रै सामान खरिद तथा विक्रिको ब्यवस्था गर्द गोला घेराहरु बनाएर सचेतना फैल्याउने काम गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) महतोले बताइएको छ ।
‘कोरोना भाइरसबाट बच्न र लकडाउन पालना गर्न सचेतना फैलाउने उद्देश्यले माइकिङ गर्न थालिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) महतोले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!