धानमन्त्री केपी शर्मा ओलीले कार्पेट खरिदजस्ता विषयमा राष्ट्रपतिलाई जोडेर गणतन्त्रमाथि घुमाउरो ढंगले विरोध गरिएको बताएका छन्।

एकाथरि मानिस र केही मिडिया राम्रो कुरा गर्न नजान्ने तथा नराम्रो गर्नु धर्म ठान्ने गरेको प्रधानमन्त्रीको भनाइ छ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता, सेनाले गरेका खरिदमा भ्रष्टाचारजस्ता कुरा पटक-पटक उठिराखेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियमितता भएको पाइए कारबाही हुने बताए।

‘खरिद नगर्दा पनि भएन। खरिद गर्दा पनि अनियमितता देख्ने? केही उद्धेश्यमूलक ढंगले लाग्ने र गणतन्त्रको विरोध गर्न मन लागे खुला गरे भो नि! तर यस्तो घुमाएर गर्ने कि राष्ट्रपतिमाथि खनिने। राष्ट्रपतिमाथि प्रहार गर्ने?’

कुर्सी, कार्पेट खरिद गर्ने कुरा राष्ट्रपति वा प्रधानमन्त्रीलाई थाहा नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘कुर्सी कसले किनेर ल्यायो थाहा हुन्छ? राष्ट्रपतिले अर्डर गर्छ कुर्सीको?,’ प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्रीले कार्पेट कहाँनेर राखियो थाहा पाउँछ? त्यो गर्ने काम प्रधानमन्त्रीको हो? राष्ट्रपतिलाई थाहा हुन्छ? कसले कार्पेट राख्यो खरिद गर्‍यो भन्ने?’

बिनाकारण जे विषयमा पनि राष्ट्रपतिको विरोध हुने गरेको उनले बताए।

‘एउटा दलगत रूपले हेर्ने कुरा पनि उचित हुन्न। निष्पक्ष संस्थाका रूपमा व्यवहार गर्ने, राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको संस्थाका रूपमा हेर्नुपर्छ,’ उनले भने।

राष्ट्रपतिले यस्ता विषय उठे पनि जवाफ दिँदैन भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिविरूद्ध अनवरत रूपमा स-साना निहुँमा आक्रमण, आरोप लगाइने गरेको बताए।

‘राष्ट्रपतिविरूद्ध अनवरत रूपमा स-सना निहुँमा आक्रमण, आरोप लगाइन्छ। गणतन्त्रको विरोधका रूपमा, यो ठीक होइन,’ उनले भने।

राष्ट्रपतिले के गर्नुपर्थ्यो भन्ने प्रश्न पनि प्रधानमन्त्रीले संसदमा गरेका छन्।

‘के गर्ने राष्ट्रपतिले चुप लागेर बसेको छ। के गर्नु पर्छ? अनि त्यहाँ दुबो काटेर चउर चिटिक्क पारियो। अहिले चउर चिटिक्क पार्ने कि कोरोनासँग लड्ने भन्ने राष्ट्रपतिले कोरोनाविरूद्ध नलड चउर चिटिक्क पार भनेको हो र? त्यहाँ कर्मचारी होलान्,’ उनले भने।

उनले यस्ता विरोधमा केन्द्रित रहेर हौसिन नहुने र बहकिन नहुने पनि बताए। हालै नयाँ पत्रिका दैनिकले राष्ट्रपति कार्यालयमा करोडको कार्पेट परिवर्तन गर्न लागेको समाचार लेखेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!