खबर ठुलो छ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका मानिसहरुबाट अर्को मानिसहरुमा संक्रमण नसर्ने जनाएको छ ।

कोरोना भाइरसले विश्व प्रभावित भएका बेला स्वास्थ्य संगठनकी आपतकालीन रोग तथा जुनोसिस युनिट प्रमुख डा, मारिया भान क्रेकोभले विशेषगरी युवा र स्वस्थ व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिए पनि उसमा चाँडै लक्षण नदेखिने तथा संक्रमण पुष्टि भएको धेरै समयपछि मात्र देखिने बताएकी छन् ।

उनले प्राप्त आँकडा प्रस्तुत गर्दै भनेकी छन्- ‘सुरुका दिनका आँकडाले संक्रमितमा कुनै लक्षण नदेखिए पनि कोरोना भाइरस मानिसबाट अर्कोमा सर्ने देखिएको थियो । तर लक्षणविहीन संक्रमितबाट भाइरस सरेको प्रमुख माध्यम र कारण भने नरहेको पाइयो ।’

अहिलेसम्मको पछिल्लाे अध्ययनको स्थितिमा लक्षण नदेखिएका बिरामीबाट अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण नभएको पाइए तापनि यसको अध्ययन अझै धेरै हुनु आवश्यक रहेको उनको भनाइ छ ।

लक्षणविहीन संक्रमण पुष्टि भएका मुलुकहरु धेरै भएकाले उनीहरुको विस्तृत रिपोर्टसहित कन्ट्र्याक ट्रेसिङको रिपोर्ट हेर्दा त्यस मानिसबाट अर्को मानिसमा कोरोना संक्रमण भएको घटना अति दुर्लभ भएको उनले बताइन् । यो सँगै कोरोनाको नियन्त्रणमा विश्वले अलिक फरक ढङ्गबाट कदम चाल्नुपर्ने उनले सुझाव दिइन् ।

संसारभर झण्डै ७४ लाख मानिस काेराेना संक्रमित छन् । जसमा ४ लाख १३ हजार ६ सय ४८ को मृत्यु भइसकेको छ । अहिले विश्वभर करिब ३६ लाख मानिस संक्रमणमुक्त भइसकेका पनि छन् । एजेन्सी

बुधबार, जेठ २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया